+
+
Shares

महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १३:३६

१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् ।

वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?