Comments Add Comment

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न इराकको प्रस्ताव

१३ वैशाख, काठमाडौं । एसियन कपको उपाधि जितिसकेको इराकले मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालसँग प्रस्ताव गरेको छ । इराक फुटबल संघका अनुसार मैत्रीपूर्ण फुटबलका लागि नेपाललाई प्रस्ताव पठाएको र अखिल नेपाल फुटबल संघ एन्फाबाट स्वीकृत पाएको आफ्नो वेवसाइटमा जनाएको छ ।

यता एन्फाले भने मैत्रीपूर्ण खेल खेल्ने अन्तिम निर्णय हुन बाँकी रहेको र त्यसको गृहकार्य भइरहेको जनाएको छ । ‘इराकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको छ । त्यसबारे छलफल र गृहकार्य भइरहेको छ । अहिलेसम्म अन्तिम निर्णय भने भइसकेको छ ।’ एन्फाले स्रोतले भन्यो ।

इराक फुटबल संघको वेवसाइटमा प्रकाशित जानकारी अनुसार खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुनेछ । पछिल्लो समय कोभिड-१९ को बढ्दो प्रभाव र सुरक्षाको विभिन्न मापदण्डका कारण खेलको निर्णय हुन बाँकी रहेको एन्फा स्रोतले जनाएको छ ।

विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको इराकले त्यसैका लागि नेपालसंग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको हो । इराकले छनोटको तयारी स्वरुप दुई खेल खेल्न लागेको र मे २४ मा ताजिकिस्तानसंग खेल्ने त्यहाँको संघले जनाएको छ ।

प्रशिक्षक स्ट्रिको काटानिकले दुई मैत्रीपूर्ण खेलको माग गरेपछि दोस्रो मैत्रीपूर्ण खेल नेपालसँग खेल्न लागेको हो ।फिफा वरीयतामा इराक ६८औं स्थानमा रहेको छ भने नेपाल १७१औं स्थानमा रहेको छ ।

विश्वकप छनोटको समूह सी मा रहेको इराक ५ खेलबाट ३ जित २ बराबरीसहित ११ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । सोही समूहमा इरान, बहराईन, हङकङ र कम्बोडिया छन् ।

यस्तै समूह बी मा रहेको नेपाल १ जित र ४ हारको नतिजासहित चौथो स्थानमा रहेको छ । नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । नेपालले छनोटमा तीन खेल खेल्न बाँकी छ ।

नेपालले अब चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंग खेल्ने बाँकी छ । एसियाली फुटबल महासंघ एएफसीले बाँकी खेलहरु मे ३१ देखि जुन १५ सम्म न्युट्रल भेन्युमा गर्न प्रस्ताव गरेपछि नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने पछिल्लो निर्णय भएको छ ।

नेपाले इराकसंग मैत्रीपूर्ण खेल खेलेमा नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment