Comments Add Comment

नेपालगञ्जको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय

१३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

अनलाइनखबरले भेरी अस्पतालका चिकित्सकहरु ‘भयावह स्थितिको सामना गर्न नसक्ने अवस्थामा रहेको’बारे आइतबार स्थलगत रिपोर्टिङ प्रकाशन गरेको थियो ।

यो पनि पढ्नुहोस बाँकेका चिकित्सकको चीत्कार – सरकार ! हामी भयावह अवस्था सामना गर्न नसक्ने भइसक्यौं

आइतबारै मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले पनि स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराएका थिए । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको श्रेष्ठले अनलाइनखबरलाई बताए ।

उनका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment