+
+
Shares

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १५:५७

१३ वैशाख, काठमाडौँ । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईँले भने, ‘विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अतिआवश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौँ । भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमनलगायतका काम हुन्छ’, उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?