+
+
Shares

कोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

आर्यन धिमाल आर्यन धिमाल
२०७८ वैशाख १३ गते १६:१३

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ ।

चीनमा विकास भएको खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो महिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने हतारले कोचाकोच गरेर लाइन बसेका थिए ।

नेपालमा चैत २५ गतेदेखि चिनिया खोप लगाउन सुरु गरिएको थियो । कोरोना महामारी फैलिएसँगै मानिसहरुमा खोप लगाउने चाहना बढेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?