Comments Add Comment

कैलाली र कञ्चनपुरमा रातिमा हिँडडुल गर्न रोक

१३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा अत्यावश्यक कामबाहेक रातिको समयमा हिँडडुल गर्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

सोमबार धनगढीमा बसेको अन्तर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा दुवै जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अत्यावश्यक कामबाहेक जिल्लाभर कुनै पनि स्थानमा रातिको समयमा हिँडडुल गर्न नपाइने जानकारी दिए । त्यसका अतिरिक्त अन्य सयममा पनि बिना काम बाहिर ननिस्कन सार्वजनिक रुपमा आह्वान गरिने जोशीले बताए ।

अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्रकै सुझावअनुसार दुवै जिल्लामा होटल तथा रेष्टुराहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने, अन्य समयमा होम डेलिभरी गर्ने निर्णय समेत गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा भिडभाड हुन नदिने, उद्योग, कलकारखाना, निजी तथा सार्वजनिक निर्माणको काममा लगाइएका श्रमिकलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाउने निर्णय पनि दुई जिल्लाका प्रशासन कार्यालयले गरेका छन् ।

शिक्षण संस्था वैशाख ३१ सम्म बन्द

कैलाली र कञ्चनपुर जिल्लामा मंगलबारदेखि लागु हुने गरी शिक्षण संस्था समेत बन्द गर्ने निर्णय गरिएको छ । सो निर्णयअनुसार जिल्लास्थित विद्यालय, कलेज, ट्युसन सेन्टर,तालिम केन्द्र लगायतका सबै शिक्षण संस्था मंगलबारदेखि बैशाख ३१ गतेसम्म बन्द हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment