Comments Add Comment

आकर्षक प्रतिफलसहित ‘एनआईबीएल समृद्धि फण्ड २’ को बिक्री खुला

एनआईबिएल एस क्यापिटलका सीईओ मेखबहादुर थापा ।

१३ वैशाख, काठमाडौं । एनआईबीएल एस क्यापिटलले सोमबारदेखि ‘एनआईबीएल समृद्धि फण्ड २’ नामको बन्दमुखी समिहील लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआईबीएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने गरी यस योजनाको इकाई निष्काशन गरेको हो ।

एनआईबीएल म्युचुअल फण्डको पहिलो योजना एनआईबीएल समृद्धि फण्ड (१ सफलता पूर्वक
सञ्चालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्म कुल ६३.५ प्रतिशत नगद लाभांश
वितरण गर्न सफल रहेको कम्पनीका सीईओ मेखबहादुर थापाले बताए  । उनका अनुसार आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उदेश्यका साथ बैंकले “एनआईबीएल म्युचुअल फण्ड” अन्तर्गत सञ्चालन हुने चौथो योजनाको रुपमा “एनआईबीएल समृद्धि फण्ड (२” नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।

यस योजनाको आकार रु. १ अर्ब २० करोड (एक अर्ब बीस करोड रुपैयाँ) र यस योजना १० बर्षको अवधि सम्म सञ्चालनमा रहनेछ । प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये बीज पुँजी बापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबर्द्धकका लागि गरी कुल निष्कासन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरीने कम्पनीले जनाएको छ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरीनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई बार्षिक प्रतिफलको रुपमा वितरण गरीने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी बार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरीएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने कम्पनीले बताएको छ ।

यस योजना सोमबारदेखि छिटोमा १६ वैशाख र ढिलोमा २७ वैशाखसम्म इकाई बिक्री खुला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १२ करोड सम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लग इन गरी अनलाइन आवेदन गर्न सक्नेछन् ।

विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेण्ट बैँक लि. तोकिएको शाखा कार्यालयहरु तथा एनआईबीएल एस क्यापिटल लिको लाजिम्पाट, काठमाडौं स्थित प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment