
१३ वैशाख, जनकपुरधाम । सिरहामा एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
गोलबजार नगरपालिका–६ का ३४ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्थानीय भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान जाने क्रममा बाटोमै मृत्यु भएका युवकको धरानमै स्वाब लिएर परीक्षण गर्दा वैशाख ७ गते पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश यादवले जानकारी दिए ।
योसँगै कोरोना संक्रमण पुष्टि भएर सिरहामा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4