+
+
Shares

चिनियाँ विदेशमन्त्रीले नेपालसहित दक्षिण एसियाली देशसँग सामूहिक छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते ८:००
चिनियाँ विदेशमन्त्री वाङ यी

१४ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणबारे चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्नेछन् ।

पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा खोप प्रधान विषय हुने एक सरकारी अधिकारीले बताए ।

नेपाल सहित दक्षिण एसियाका पाँच वटै मुलुकमा पछिल्लो समयमा कोराना भाईरसको संक्रमण बढेको छ । चीनले पछिल्लो समयमा महामारी नियन्त्रण्मा खोप क्षेत्रिय सहकार्यमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?