Comments Add Comment

निषेधाज्ञामा सेयर बजार बन्द नहुने

१४ वैशाख, काठमाडौं । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर यो अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द्य भएको थियो । लामो समय बन्द हुँदा लगानीकर्ताहरुको पुँजी होल्ड भएके भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो ।

लकडाउन पछि भने सेयर बजारमा निकै ठूलो सुधार देखिएको थियो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गर्नु पर्ने आवश्यकता नरहेको बताए ।

उनका अनुसार ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment