+
+

वीरगञ्जमा दुई संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते ११:३०

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो ।

दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ । बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

सोही दिन भएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान साढे १ बजेतिर उनको मृत्यु भएको थियो । कडा निमोनियाका कारण उनमा स्वासप्रश्वासको बढी समस्या थियो ।

वीरगञ्जकी महिलालाई वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजिन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

अस्पतालमा ५७ जना संक्रमित रहेकोमा ५ जना डिस्चार्ज पनि भएका छन् । बाँकी ४८ जनाको अवस्था क्रिटिकल नै रहेको डाक्टर दासले बताए । ‘अस्पतालमा भएका सबै संक्रमितलाई हाई फ्लो अक्सिजनमा राखिएको छ,’ डाक्टर दासले भने, ‘स्थिति गम्भिर नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?