Comments Add Comment

धरानमा विराटनगरका कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, विराटनगर । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका एक पुरुषको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो ।

उनलाई वैशाख ७ गते कोरोना पोजेटिभ भएको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या थियो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो विराटनगरकै ७५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको थियो । विराटनगर महानगरपालिका– १२ का ७५ वर्षीय वृद्ध पुरुषको सोमबार दिउँसो १:५५ मा मृत्यु भएको सह–प्रवक्ता डाक्टर पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment