Comments Add Comment

नेपालबाट कतार जान ४८ घण्टाभित्रको पीसीआर रिपाेर्ट मात्र मान्य हुने

१४ वैशाख, काठमाडौं । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने भएको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ ।

यी सबै देशबाट आउने यात्रु अनिवार्य १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिनमा बस्नुपर्नेछ । यो प्रावधान कतारमा खोप लगाइसकेका व्यक्तिलाई समेत लागू हुने भएको छ ।

कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको साथमा समेत कोभिड नेगेटिभ आएको रिपाेर्ट हुनुपर्छ । आफ्नो गन्तव्य मुलुकका लागि अर्को पीसीआर रिपाेर्ट चाहिएमा कतारी रियल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गर्न सकिने भएको छ । यो नियम बिहीबारबाट कार्यान्वयनमा आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment