Comments Add Comment

डा. वालकृष्ण शाहको पुस्तक ‘आमा’ सार्वजनिक

प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्, डा. वालकृष्ण शाह । उनले आफ्नो अनुभव, ज्ञान र जीवन–भोगाईलाई निरन्तर जस्तो लेख्दै आएका छन्, विभिन्न संचारमाध्याममा । एकातिर चिकित्सा पेशामा छन् भने अर्कोतिर लेखकको रुपमा पनि चिनारी बनाएका छन् ।

पत्रपत्रिकामा गर्भावस्था एवं प्रसूती सम्बन्धी स्तम्भ समेत लेख्दै आएका डा. शाहले अहिले भने पुस्तक सार्वजनिक गरेका छन् । उनको पुस्तक पनि गर्भावस्था, प्रसूती, सुत्केरी अवस्थाका बारेमा केन्द्रित छ । खासगरी एउटी महिलाले आमा बन्ने क्रममा के कस्ता शारीरिक वा मानसिक परिवर्तनबाट गुज्रनुपर्छ भनेर पुस्तकमा लेखिएको छ । आमा बन्न चाहनेहरुका लागि यो पुस्तक एक मार्गदर्शन हुनसक्छ ।

पुस्तकमा गर्भको तयारी वा योजनादेखि सुत्केरी अवस्थासम्मको जानकारी समेटिएका छन् । गर्भधान अघि गर्नुपर्ने विभिन्न स्वास्थ्य जाँच, गर्भावस्थामा गर्नुपर्ने व्यवस्था, प्रसूतीको क्षणबारे विस्तृतमा उल्लेख गरिएको छ । चिकित्सकिय हिसाबले के गर्ने, के नगर्ने, कुन अवस्था सामान्य, कुन अवस्था जटिल भनेर बुँदागत रुपमा चर्चा गरिएको छ ।

गर्भावस्थामा हुने विभिन्न शारीरिक जटिलता र त्यसको समाधानबारे पनि पुस्तकमा उल्लेख छ । मधुमेह, उच्च रक्तचापदेखि जटिल अवस्थामा कस्तो उपचार अपनाउने भनी जानकारी दिइएको छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञले लेखेको यो पुस्तक आमा बन्न चाहनेहरुको लागि उपयोगी हुनसक्छ ।

गर्भावस्था एवं प्रसूतिको अवस्थामा विभिन्न समस्या झेल्ने गरेका छन्, महिलाहरुले । मातृ मृत्युदरको अवस्था उत्तिकै छ । यी संभावित जटिलताहरुलाई केही हदसम्म भएपनि रोक्न पुस्तक लेखेको डा. शाह बताउँछन् ।

लायन्स कल्ब अफ विराटनगर हेल्थ प्रोफेसनले प्रकाशन गरेको पुस्तक विराटनगरमा सार्वजनिक गरिएको हो । विराटनगर महानगपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष संजीव खनाल लगायतले पुस्तक विमोचन गरेका हुन् । पुस्तकको मूल्य ५१ रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment