Comments Add Comment

थप ४५ सय २४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६०२, बाँकेमा ५१५, रुपन्देहीमा ३८३, ललितपुरमा २४०, दाङमा २३० जना, कास्कीमा १२९, भक्तपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बर्दिया र मोरङमा ८६/८६ जना, चितवनमा ८०, सुर्खेतमा ७४, मकवानपुरमा ७२, पर्सामा ६७, सुनसरीमा ५१, कञ्चनपुरमा ४६, पाल्पामा ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कपिलवस्तुमा ३५ जना, कैलाली ३२ जना, काभ्रेपलाञ्चोक ३१ जना, धनुषा २७ जना, बारा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अर्घाखाँची र नवलपरासी पश्‍चिममा २३/२३ जना, झापा, सिरहा, तनहुँ र गुल्मीमा १६/१६ जना, धादिङमा १५ जना, नवलपरासी पूर्व र स्याङजा १४/१४ जना, सप्तरीमा १२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै रौतहट, नुवाकोट,रामेछाप, सिन्धुपाल्चोक, सल्यान, डडेल्धुरा ११/११ जना, सर्लाही र गोरखा १०/१० जना, महोत्तरी, बागलुङ र दैलेखमा ९/९ जना, म्‍याग्दी, लमजुङ, प्‍युठान र बैतडीमा ८/८ जना, उदयपुर र रुकुम पश्‍चिममा ७/७ जना, संखुवासभामा ६ जना, सिन्धुलीमा ५ जना, दोलखा, पर्वत, रोल्पा, कालिकोट र जुम्लामा ४/४ जना, इलाममा ३ जना कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी ओखलढुंगा, खोटाङ, धनकुटा, सोलुखुम्बु, मुस्ताङ, जाजरकोट, मुगु, हुम्ला र बझाङमा २/२ जना, पाँचथर,भोजपुर, रसुवा,डोल्पा, डोटी, दार्चुला, बाजुरा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १०२  ‍बालबालिकामा र १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment