Comments Add Comment

सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१४ वैशाख, सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ ।

तिला गाँउपालिका–२ जुम्लाका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

सूचना अधिकारी चौधरीका अनुसार ती पुरुषको मंगलबार बिहान उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो । उनी वीरेन्द्रनगरमा बस्दै आएका थिए ।

दीर्घरोगबाट समेत ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए । सोमबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment