+
+
Shares

गोरखामा एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १७:४६

१३ वैशाख, गोरखा । गोरखामा मंगलबार एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमसेनथापा गाउँपालिकामा २७, गोरखा नगरपालिकामा १२ र पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

भीमसेनथापा गाउँपालिकाका सबै संक्रमित वडा नम्बर ७ क्यामुन्टारका रहेका छन् । केही दिनअघि उनीहरुमा रुघाखोकी तथा ज्वरो देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।

‘क्यामुन्टारस्थित पाटनदेवी माविका विद्यार्थी र स्थानीयसहित ३१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका थियौं,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘उनीहरुमध्ये २६ जनामा संक्रमण देखियो, संक्रमितमध्ये चारजना विद्यार्थी हुन् ।’ बुधबार क्यामुन्टारस्थित विद्यालयका विद्यार्थी र स्थानीय सबैको स्वाब संकलन गरिने उनले बताए ।

पालुङटारमा भेटिएका संक्रमितमध्ये दुईजनाको अवस्था गम्भीर भएकाले चितवन लगिएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?