+
+
Shares

पाँचजना कोरोना संक्रमित थपिदा कालिकोटमा आंशिक निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १८:४४

१४ वैशाख, काठमाडौँ । कालिकोटमा ५ जना कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले आंशिक निषेधाज्ञा जारी गरेको छ ।

वैशाख ९ गते एकजनामा कोरोना संक्रमण र कन्ट्याक्ट ट्रेसिङबाट १० गते चारजना गरी पाँचजनामा कोरोना संक्रमण देखिपछि प्रशासनले आंशिक निषेधाज्ञा गरेको हो ।

प्रशासनले जारीगरेको विज्ञप्तिमा भनिएको छ, ‘ जिल्लाको खाँडाचक्र नगरपालिका वडा ११ रेङ्गालीमा २०७८/०१ /०९ गते एक जनामा कोरोना कोजिटीभ देखिएको र कन्ट्याक्ट ट्रेसिङ गर्दा मिति २०७८/०१/१० गते थप चारजनामा कोरोना पोजिटीभ भेटिएकोमा सो क्षेत्रबाट सबै व्‍यक्ति र समुदायको ओहोरदोहोर रोक्‍न जिल्ला कोभिड संकट व्‍यवस्थापन केन्द्रको बैठकको सिफारिसमा वैशाख १० गते राति १२ बजेदेखि २०८७ वैशाख १७ गतेसम्‍म राति १२ बजेसम्‍म कुनै पनि व्‍यक्ति सो समुदायभन्दा बाहिर आवतजावत गर्न, हिडडुल गर्न नपाउने गरी आदेश जारी गरिउको व्‍यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?