+
+
Shares

माओवादी केन्द्रको प्रस्ताव : कोभिडविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १९:०६

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपील गरेको छ । ‘यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग पनि गरेका छौं’ नेता नारायणकाजी श्रेष्ठले भनेका छन् ।

बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको छ ।

माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको श्रेष्ठले बताए ।

कोभिड महामारीका कारण मजदुर, किसान र विपन्नलाई छाक टार्न नै समस्या हुने अवस्था आउने भन्दै माओवादी केन्द्रले राहत प्याकेज ल्याउन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?