+
+
Shares

चीनले नेपाललाई झण्डै एक अर्बको स्वास्थ्य सामग्री दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १९:१८

१४ वैशाख, काठमाडौं । चीनले नेपाललाई करिब एक अर्ब रुपैयाँ (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताए ।

उनले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?