Comments Add Comment

वीरगञ्जमा एकै दिनमा चार जनाको मृत्यु

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा मंगलबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएपछि एकै दिन मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मंगलबार साँझ साढे सात बजे पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा ७ बजेर ३७ मिनेटमा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

कोभिड निमोनियाले ग्रसित उनको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए ।

मंगलबार वीरगञ्जमा बारा परवानीपुरका ४५ वर्षका पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–२ कि ४० वर्षकी महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षकी महिलाको मृत्यु भएको थियो ।

मृत्यु भएका सबैमा अक्सिजन लेभल मेन्टेन हुन नसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा ५३ जना बिरामी भर्ना छन् । सबै संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment