Comments Add Comment

कोभिडको कहरले शहर छाड्नेको लहर [ फोटो फिचर ]

१४ वैशाख, काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रयासमा पर्सिबाट निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्ने क्रम बढेको छ ।

मंगलबार विहानबाटै सुरु भएको शहर छाड्ने क्रम साँझ पनि उस्तै देखिएको छ । झिटीगुटा बोकेर कलंकी, गोंगबु लगायतका स्थानमा मानिसहरु पुगेका छन् ।

स्थानीय प्रशासनले १६ वैशाखबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । तर यो कम्तिमा थप एक साता लम्बिने मन्त्रिपरिषदको निर्णयबाट प्रष्ट भएको छ । निषेधाज्ञा लम्बिँदै जाँदा यहाँको बसाइ कष्टकर हुने भन्दै पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंदैछन् ।

स्थानीय प्रशासनले पनि विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिंडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment