+
+
Shares

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १२:४१

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

कांग्रेसका एक नेताले केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताए ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?