+
+

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १२:४३

१५ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज–१७ की ३९ वर्षीया महिला र नेपालगञ्ज–१२ का ६५ वषीय पुरुषको मृत्यु भएको हो ।

३९ वर्षीया महिलाको वैशाख ८ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मंगलबार राति १०ः३० बजे उनको मृत्यु भएको ओलीले बताए ।

कोरोना संक्रमण भएर वैशाख ६ गते अस्पताल भर्ना भएका ६५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान २ः३० बजे मृत्यु भएको उनले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?