Comments Add Comment

२ करोड लगानीमा किर्तिपुरमा ‘किर्तिपुर सिनेप्लेक्स’ संचालन हुँदै

नेपाली चलचित्रका सफल वितरक तथा हल संचालक नरेन्द्र महर्जनले किर्तिपुरमा नयाँ हल संचालनमा ल्याउने तयारी गरेका छन् । यतिबेला यो हलको निर्माण कार्य धमाधम भैरहेको छ । करिब ९० प्रतिशत भन्दा बढी काम सकिएको नरेन्द्रले अनलाइनखबरलाई जानकारी दिए ।

पहिलो चरणको लकडाउन सकिएसँगै यो हलको निर्माण सुरु भएको थियो । किर्तिपुरमा पहिले रहेको हललाई नै पूनःनिर्माण गरेर अत्याधुनिक तरिकाले संचालनमा ल्याउन लागेको नरेन्द्रले बताए ।

२८० सिट क्षमताको हल वैखाशबाट नै संचालनमा ल्याउने तयारी भएतापनि कोरोनाको दोश्रो लहरका कारण केही पछि सरेको नरेन्द्रले बताए । उनले भने–‘हामीले २ पर्दा सहितको हल संचालन ल्याउने सोचका साथ काम अगाडि बढाएका थियौं । तर, कोरोनाको दोश्रो लहर पनि सुरु भएपछि सबै योजना चौपट भयो । अब, एउटा पर्दा मात्र संचालनमा आउनेछ ।’ २ करोड भन्दा बढी लगानीमा हल संचालन गर्न लागेको महर्जनको भनाई छ ।

यो हलमा अत्याधुनिक सुविधा रहेको भन्दै नरेन्द्रले भने–‘किर्तिपुरमै चलचित्र हेर्ने सुविधा दर्शकलाई थिएन । अब त्यो वाध्यता हट्छ । दर्शकले पूर्ण सुविधासहितको हलमा चलचित्रको मज्जा लिन सक्नुहुनेछ ।’

कोरोना कहर सकिएपछि दोश्रो पर्दाको निर्माण पनि अगाडि बढाउने नरेन्द्रले बताए । कोरोनाका कारण देशभरका केही सिंगल हलहरु बन्द भएपनि केही हलहरु भने निर्माण हुने क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment