Comments Add Comment

१५ जनासम्म सहभागी हुने गरी विवाहका दुईवटा गाडीलाई अनुमति पास नचाहिने

१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा विवाह तथा ब्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी प्रयोग हुने सवारी साधनले अनुमति पास लिनु नपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा विवाह तथा ब्रतबन्धका लागि ब्यानरसहित दुई वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।

साथै ती कार्यक्रमका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार विवाह वा ब्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्किनुपर्ने भएमा चालकसहित बढीमा सातजनासम्मको लागि स्थानीय तहको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिन सकिनेछ ।

यस्तै मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित विषयको व्यहोरा खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवदेन पेश गर्न सकिने पनि आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment