+
+
Shares

सुरक्षा निकायमा फेरि फैलियो कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १४:५३

१५ वैशाख, काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले बतायो । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो ।

हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको तथ्यांक छ ।

सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु उपत्यका र ७ नम्बर प्रदेशमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?