
१५ वैशाख, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले स्थलमार्गबाट मात्रै हुने यात्रुको आवागमन बन्द गराउने गरी भएको निर्णय पुनर्विचार गर्न माग गरेको छ ।
महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हवाई यातायात खुला राखेर स्थल यातायात बन्द गर्ने निर्णय विभेदपूर्ण भएको बताएको छ ।
महासंघका महासचिव सरोज सिटौलाले जारी गरेको विज्ञप्तिमा स्वास्थय मापदण्ड पालना गरी स्थलमार्गबाट पनि यात्रु ओसारपसार गर्ने गरी वातावरण तयार पार्न अनुरोध गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4