Comments Add Comment

चितवनमा वैशाख १६ गतेदेखि निषेधाज्ञा

१५, वैशाख, चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ ।

बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनको वैशाख १६ गते (भोली) रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको बताए । उनले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताए ।

चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका दुईजना, राप्ती, कालिका र इच्छाकामनाका एक/एक जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment