+
+

बागमतीको मन्त्रिपरिषद् विस्तारमा सल्लाहसमेत गरिएन : माधव समूह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १५:१८

१५ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरुले मन्त्रीबाट राजीनामा दिएका थिए ।

रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले नयाँ मन्त्रीहरुलाई बुधबारै शपथ गराउँदैछन् । स्रोतका अनुसार एक साता अगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी भएपनि रोकिएको थियो ।

मन्त्रिपरिषद् विस्तार कसरी गर्ने भन्नेमा छलफल गर्न मुख्यमन्त्री पौडेल रोकिएका थिए । तर, बुधबार उनले अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुलाई मात्रै मन्त्री बनाउने तयारी गरेका छन् । जबकि २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पुनस्र्थापना भएपछि मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावसमेत रोकिएको थियो ।

तर, मुख्यमन्त्री पौडेलले माधव नेपाल समूहसँग छलफलसमेत नगरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको माधव नेपाल समूहका नेता अरुण नेपाल बताउँछन् । ‘पार्टीभित्रको समस्या हामी सबैलाई थाहा छँदैछ । तर, सामान्य छलफलसमेत नगरी एक्लौटी मन्त्रिपरिषद् पुनर्गठनले राम्रो गर्दैन,’ उनले भने । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?