+
+
Shares

बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १५:२१

१५ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले अनलाइनखबरलाई बताए ।

दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं. १० को सेवा प्रवाह पनि बन्द गरिएको छ ।

नगरमा थप चारजनालाई पनि संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु काभ्रे, पनौती र धुलिखेलका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?