Comments Add Comment

पीसीआर रिपोर्ट लिएर भारतीय र चिनियाँ नागरिक स्थलमार्गबाट नेपाल आउन सक्ने

फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । भारतीय र चिनियाँ नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न सरकारले दुई वटा शर्त अघि सारेको छ । ७२ घण्टा भित्र पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिर्पोट र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी बुक भएको प्रमाण देखाएमा उनीहरुलाई नेपाल आउन सक्ने गरी सरकारले छुट दिएको हो । मन्त्रिपरिषद्को १३ वैशाखको बैठकले यस्तो निर्णय गरेको हो । अघिल्लो पटकको लकडाउनको समयमा भने स्थलमार्गबाट सबै विदेशीको आवागमन बन्द गरिएको थियो । निर्णय अनुसार छिमेकी मुलुकबाहेक तेस्रो मुलुकका नागरिक भने हवाईमार्गबाट मात्र आउन पाउने छन् ।

स्थलमार्गबाट आउने भारतीय नागरिकले प्रवेशाज्ञा समेत देखाउनु पर्ने छैन । तर, चिनियाँ नागरिकका लागि भने प्रवेशाज्ञा समेत आवश्यक पर्छ । अन्य शर्त भने भारतीय र चिनियाँ नागरिकलाई उस्तै तोकिएको छ । हवाईमार्गबाट आउने विदेशीको हकमा भने ७२ घण्टा भित्रको पीसीआर परीक्षण र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण देखाउनु पर्नेछ ।

भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिक भने स्थानीय तहको अनुगमनमा अनिवार्य १० दिन होम क्वारेन्टिनम बस्नुपर्ने भएको छ । विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान भने नपाउने भएका छन् । यसले नेपाल हुँदै तेस्रो मुलुक गइरहेका भारतीय नागरिकको आवागमन रोकिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment