+
+
Shares

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १५:५५

१५ वैशाख, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ ।

वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताए ।

‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद चलाउनुको औचित्य हुँदैन, सदन यही स्थगित गर्न हामी आग्रह गर्दछौं,’ प्रमुख सचेत शाहले भनेका थिए ।

एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि आग्रह गरे । तर, सभामुखको आग्रह नमाने पछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?