
१५ वैशाख, काठमाडौं । सरकारले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठाउने भएको छ ।
वैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ बुधबार सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषदको निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइने उल्लेख छ । गत वर्ष नोभेम्बरमा कोरोना महामारीकै बीचमा भारतीय सेनाका प्रमुख एमएम नरवणेले नेपालको भ्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4