Comments Add Comment

दूरसञ्चार प्राधिकरणका ८ भन्‍दा बढी कर्मचारीमा कोरोना संक्रमण

सम्पूर्ण सेवा अनलाइनमार्फत

१५ वैशाख, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ८ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको उल्लेख गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्राधिकरणबाट प्रवाह हुने सबै सेवा बुधबारदेखि अनलाइनमार्फत हुने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताए ।

‘ प्राधिकरणमा ८ भन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण भएको छ । त्‍यसकारण हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं । यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छ । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ’, उनले भने ।

‘प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ । अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै आजदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको हो’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए। यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment