+
+

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १७:०३

१५ बैशाख, वीरगञ्‍ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ७ रामटोल बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा  बुधबार मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

स्वास्थ्यमा समस्या भएपछि बैशाख १२ गते उनलाई नारायणी अस्पतालमा उपचार गरिएको थियो । सोही दिन गरिएको एन्टीजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा बुधबार दिउँसो साढे २ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?