Comments Add Comment

रौतहटमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

१५ वैशाख, रौतहट । रौतहटमा कोरोनाको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ । बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०७ पुगेको हो ।

गौर अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित छन् । कोरोना संक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ ।

कहाँ कति छन् संक्रमित ?         

रौतहटको चन्द्रपर नगरपालिकामा सबैभन्दा बढी २५ जना संक्रमित रहेका छन् । यस्तै गौर नगरपालिकामा २३, गरुडामा १०, माधवनारायणमा ७ तथा दुर्गाभगवती, कटहरिया, फतुवा र विजयपुरमा ६–६ जना संक्रमित रहेका छन् ।

यस्तै राजदेवी र यमुनामाईमा ४–४ जना, ईशनाथमा ३, बौधिमाईमा २ जनामा संक्रमण पुष्टि भएको छ । रौतहटको परोहा, देवाही गोनाही, मौलापुर र गढीमाईमा १–१ जना संक्रमित रहेका छन् ।

हालसम्म रौतहटका ३ वटा स्थानीय तह वृन्दावन, राजपुर र गुजरा नगरपालिकामा संक्रमित भेटिएका  छैनन् ।      संक्रमितमध्ये ७० जना पुरुष र २१ जना महिला रहेका छन् । रौतहटमा अन्य जिल्लाका ६ जना तथा नेपाल बाहिरका एकजना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जनाइएको छ । संक्रमण पुष्टि भएका सबै आफ्नै घरमा क्वारेन्टिनमा बसेका छन् ।

दोस्रो चरणको कोरोना संक्रमण तीव्र गतिमा फैलिएपनि हालसम्म रौतहटमा संस्थागत क्वारेन्टिन र आइसोलेसन सञ्चालन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment