+
+
Shares

उदयपुरमा जीप दुर्घटनामा परी एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १७:४५

१५ वैशाख, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ नागबेलीमा बलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना १ च ९३९ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बलेरोमा सवार उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा हुँदै थप उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका १२ जनामध्ये ६ जनाको जिल्ला अस्पताल गाईघाट र अन्य ६ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचारको भइरहेको छ ।

बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?