Comments Add Comment

७५३ वटै स्थानीय तहमा स्काउट समिति गठन

१५ वैशाख, काठमाडौं । नेपाल स्काउटले ७५३ वटै स्थानीय तहमा स्काउट समिति गठन गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी संघीय संरचनाअनुसार सबै स्थानीय तहमा समिति गठनको घोषणा गरिएको छ ।

नवगठित समितिले नोवेल कोरोना भाइरस (कोभिड–१९) जस्ता महामारी र प्राकृतिक विपत्तिमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

‘समितिले जनचेतना फैलाउने जस्ता कामहरुमा ६ वर्षदेखि २५ वर्षसम्मका बालबालिका तथा युवालाई प्रयोग गर्छ । तत्काल उनीहरुले कोरोना नियन्त्रणका लागि जनचेतना फैलाउनेछन्’ भण्डारीले भने ।

नेपाल स्काउटले बालबालिका तथा युवाहरुको शारीरिक, वौद्धिक, सामाजिक, आध्यात्मिक, संवेगात्मक भावनाको विकास र नैतिक तथा जीवन उपयोगी शिक्षासंग सम्बन्धित रहेर अभियान चलाउँदै आएको छ ।

सबै पालिकामा समिति गठन भएपछि आफूहरुको अभियान अझ प्रभावकारी भएर जाने स्काउटका राष्ट्रिय संयोजक भण्डारीले बताए ।

प्रदेशहरुमा भने यसअघि नै स्काउट समिति गठन भई प्रदेश कार्यालय सञ्चालनमा आइसकेका छन् ।

७५३ वटै स्थानीय तहमा स्काउट समिति गठन भएको घोषणा गर्दै भण्डारीले नेपाल स्काउटको अन्र्राष्ट्रिय सम्बन्ध पनि नयाँ उचाइमा पुगेको प्रेस नोट मार्फत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment