Comments Add Comment

सेती अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

१५ वैशाख, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा स्वास्थ्य सेवाबारे परामर्श लिन सम्बन्धित विभागका चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment