+
+
Shares

‘अक्सिजन अभाव छैन, सिलिण्डर लगेर नथुपारौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते ९:२४
हिमाल अक्सिजन ग्यास उद्योगका सञ्चालक अभिक ज्योति

१६ वैशाख, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन ग्यासको खपत ह्वात्तै बढेको छ । भारतमा अक्सिजन अभावको समाचार आइरहँदा नेपालमा पनि सिलिण्डर ‘होल्ड’ गर्न थालिएको छ ।

कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासका अनुसार केही दिन यता विराटनगरमा धेरैले सिलिण्डर होल्ड गरेका छन् । अक्सिजन अभाव हुनसक्ने त्रासले सिलिण्डर होल्ड भएको हो ।

तर व्यवसायीहरुले भने अक्सिजन पर्याप्त रहेको बताउँछन् । देशकै ठूलो हिमाल अक्सिजन ग्यास उद्योगका सञ्चालक अभिक ज्योति अक्सिजन उत्पादन निकै राम्रो भइरहेको बताउँछन् । आफ्नो उद्योगबाट मात्रै प्रतिघण्टा ६ सय क्यूबीक मिटर अक्सिजन उत्पादन भइरहेको भन्दै उनले अहिले अभाव नरहेको र अभाव हुने सम्भावना समेत तत्काल नरहेको बताए ।

‘भारतका केही ठाउँहरुमा अभाव भयो भन्ने समाचारले यहाँ पनि आत्तिएर सिलिण्डर होल्ड गर्न थालिएको छ,’ उनले भने, ‘तर यहाँ अभाव भएको छैन, सिलिण्डर पर्याप्त छ ।’ सिलिण्डर होल्ड गर्दा भने समस्या हुने उनले बताए । सिलिण्डर कुनै एक व्यक्तिले होल्ड गर्नुभन्दा पनि रोटेशन गर्नुपर्ने उनले बताए ।

देशभर २२ र काठमाडौं उपत्यकामा मात्रै ८ वटा उद्योग सन्चालनमा छन् । डर केबल सिलिण्डरको मात्रै भएको उनले बताए । सिलिण्डर पनि रोटेशन हुने हो भने समस्या नहुने उनको भनाइ छ ।

‘खाना पकाउने ग्यास जस्तो स्टकमा राख्ने कुरा होइन यो, सबैले बुझ्न जरुरी छ’ उनले भने, ‘सिलिण्डर नथुपार्ने हो भने हामी जति पनि ग्यास भर्न सक्छौं, उत्पादनमा समस्यामा नै छैन ।’ उनका अनुसार हिमालका तीन वटा उद्योगमध्ये २ वटाबाट ५० देखि ६० प्रतिशत क्षमता र एउटाबाट ८० प्रतिशत क्षमतामा उत्पादन भइरहेको छ ।

यतिले नै अहिले माग धानिरहेको र अझै माग बढे क्षमता बढाउने ठाउँ प्रसस्तै रहेको उनले बताए । अन्य उद्योगहरुको पनि क्षमता राम्रै रहेको उनले बताए । ‘भोलि समस्या आउला कि भनेर पहिले नै लगेर राख्दा समस्या हुने हो, पहिले कसलाई धेरै आवश्यकता छ उसले लाने र सकिने वित्तिकै सिलिण्डर ल्याउने हो भने समस्या हुँदैन’ उनले भने ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?