Comments Add Comment

कोमल शाहलाई आइसियूमा सारियो, हाईफ्लो अक्सिजनको सपोर्ट

ज्ञानेन्द्र शाहको अवस्था सामान्य र स्थिर

कोमल शाह । फाइल फोटो

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment