Comments Add Comment

निषेधाज्ञामा शिक्षा मन्त्रालयको काम वर्क फ्रम होम र आलोपालो प्रणालीमा

१६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले आजबाट सुरु भएको निषेधआज्ञाको समयमा आलोपालो प्रणालीमा गर्ने, घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज बनाउने निर्णय गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका केही आयोग, केन्द्रीय कार्यालय र केही परियोजनाको काम भिडभाड कम गर्दै काम सुचारु राख्ने जनाएको छ ।

सूचनामा आफू मातहतका २३ वटा कार्यलयहरुलाई कोभिड १९ रोकथामका लागि नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भएकोले सो बमोजिम गर्नु गराउन निर्देशन दिएको प्रवत्ता दीपक शर्माले जानकारी दिए ।

सार्वजनिक कार्यलयमा अनावश्यक भिडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धति अनुसार कर्मचारी खटाइ काम सूचारु राख्ने व्यवस्था मिलाउन कार्यलय प्रमुखलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment