+
+
Shares

कर्णालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १४:३८

१६ वैशाख, सुर्खेत । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको बिहीबार बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि भएको थियो ।

कोभिड आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरे पनि ती व्यक्तिको स्वास्थ्यमा सुधार आउन नसकेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गर्ने तयारी गरेको छ ।

यससँगै कर्णालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कोरोनाको नयाँ भेरियन्ट आएसँगै कर्णालीमा पनि सङ्क्रमण र मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका चार जनाको मृत्यु भएको छ । हाल कर्णालीका विभिन्न आइसोलेशन वार्डमा ९८१ सङ्क्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?