+
+
Shares

निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १५:३७

१६ वैशाख, काठमाडौं । कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी ३८१वटा साना जिप/कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।

‘साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौं,’ अधिकारीले भने । उनका अनुसार तीन दिनका बीचमा काठमाडौंबाट सावा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार विहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?