Comments Add Comment

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था जटिल रहेको संक्रमितको उपचारमा संलग्न डा. उदयनारायण सिंहले बताए ।

‘युवा अवस्थाका संक्रमितलाई पनि धेरै गाह्रो भइरहेको छ,’ उनले भने, ‘अक्सिजन लेभल नै मेन्टेन हुन सकिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment