Comments Add Comment

धरौटी बुझाएर छुटे विप्लव समूहका नेता माइला लामा

१६ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् ।

उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए ।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले अनलाइनखबरलाई बताए ।

 सरकारले  मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् ।

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकारले मुद्दा फिर्ता लिने बताएको थियो, तर अनुसन्धानका क्रममा रहेका बाहेकका नेताहरु छुटेका थिएनन् ।

यो पनि पढ्नुहोस विप्लव नेता कार्यकर्ताः धरौटी नबुझाउने बरु जेलमै बस्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment