+
+
Shares

नवनियुक्तमन्त्री मनाङ्गे भन्छन् : यो सरकारको काम छैन, दुई हप्तामै जानसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते २०:१९

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकार दुई सातामै जानसक्ने बताएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको उनले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएका थिए, जसमा मनाङ्गेलाई नियुक्त गरिएको छ ।

शुक्रबार सपथ लिएका उनले पदभार ग्रहण गरे ।

लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मनाङ्गेले यो सरकार दुई सातामा पनि ढल्न सक्ने बताए । तर छोटो समयमा चेन्ज ल्याउन सक्ने भएकाले मन्त्री भएको भन्दै उनले भने, ‘यो सरकार काम नै छैन किनकी यो दुई हप्तामा जानसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?