Comments Add Comment

आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै संक्रमितको मृत्यु

१७ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ ।

वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए ।

इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९:२८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ ।

गएको २४ घण्टामा मात्रै रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा २५ सय ५२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १०४४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४७ जना नयां संक्रमित थपिएका थिए । रुपन्देहीमा हालसम्म १२ हजार ५८ जना संक्रमित भएकोमा ९ हजार ३ सय १९ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment