Comments Add Comment

वीरगञ्जमा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये  १७५ जना पुरुष र ४४ जना महिला छन् । अस्पतालका अनुसार परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा स‌क्रमण देखिएको हो ।

संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १/१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

१० वर्षदेखि ७२ वर्षका संक्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment